ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङका सबै गाउँ/नगरपालिकामा २०० बेडका क्वारेन्टाइन स्थापना गरिँदै

२०७७ जेठ, ४  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ४, दाङ । दाङका दशओटै गाउँपालिका/नगरपालिकामा क्वारेन्टाइन बेड संख्या बढाइने भएको छ । भारतबाट घर फर्कने नेपालीहरुको संख्या बढ्न थालेपछि जिल्लाको कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।

शनिवार बसेको सिसिएमसीको बैठकले हरेक पालिकाले क्वारेन्टाइन स्थापना गर्ने र भएका क्वारेन्टाइनमा बेड संख्या बढाउने निर्णय गरेको हो । जसअनुसार अब हरेक पालिकाले त्यहाँ रहेका क्वारेन्टाइनमा न्यूनतम २०० बेडको तयारी गर्नुपर्ने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । 

‘अब ठूलो संख्यामा भारतबाट हाम्रा नेपाली दाजुभाइहरु फर्कने अवस्था छ’, उनले भने, ‘यसलाई मध्यनजर गर्दै हामीले हरेक पालिकाले कम्तिमा २०० बेडका क्वारेन्टाइन बनाउने र भारतबाट आएकालाई अनिवार्य रुपमा त्यहाँ राखेर पीसीआर जाँच गरेर मात्रै घर पठाउने निर्णय गरेका हौं ।’

सीमा पारीबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने र उनीहरु सबैलाई पीसीआर विधिबाट परीक्षणपछि मात्रै घर पठाइनेछ ।

साथै बैठकले कोरोना संक्रमण सम्बन्धि सचेतना फैलाउने समेत निर्णय गरेको प्रजिअ रिजालले जानकारी दिए । दाङमा हाल १६ ठाउँमा २८८ बेडका क्वारेन्टाइन सञ्चालनमा छन् । 

तुलसीपुरका ५ स्थान, घोराहीका १ स्थान, लमही १, गढवा २, राप्ती गाउँपालिकामा २, राजपुर गाउँपालिकामा १, बंगलाचुली गाउँपालिकामा २, दंगीसरशण गाउँपालिकामा १, शान्तिनगर गाउँपालिकामा १ र बबई गाउँपालिकामा १ स्थानमा क्वारेन्टाइन सञ्चालनमा छन् । बंगलाचुली गाउँपालिकाले पालिकाका ८ ओटै वडामा क्वारेन्टाइन स्थापना गर्न शुरु गरिसकेको छ भने अन्य पालिकाले पनि तयारीमा जुटेका छन् । 

दाङ पनि भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको छ । यहाँ कोइलावासलगायत विभिन्न २६ ओटा भारतीय सीमा नाका रहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्