ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

किम कर्दाशिन वेष्टले ल्याइन फेस मास्क लाइन 

२०७७ जेठ, ४  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ४, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारी कारण विश्वभर मास्कको माग छ । यस्तोमा रियालिटी टीभी स्टार किम कार्दाशिनको शेपवेयर लाइन स्किम्सले शनिवार नन–मेडिकल मास्कको विक्री थालेको छ । मास्कको मूल्य प्रति थान ८ डलर छ भने चार ओटाको २५ डलर रहेको छ । मास्क लञ्च भएको केही घन्टामै सबै मास्क बिकेका थिए । 

मास्क छालाको रंग झल्काउने विभिन्न पाँच रंगमा उपलब्ध छन् । लस एञ्जलसमा स्थानीय पार्टनरसँग काम गरिरहेको र नयाँ मास्क स्टक आगामी हप्ता आउने बताइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विश्वका कयौं क्षेत्र लकडाउनमा छ । कयौं क्षेत्रमा बाहिर निस्कनु अघि मास्क अनिवार्य बनाइएको छ । 

सार्वजनिक स्थल मात्रै होइन कार्यालयमा पनि मास्क आवश्यक छ । त्यसैले आफूहरुले सास फेर्न मिल्ने, नरम र सहज अनि दिनभर लगाउन मिल्ने मास्क बनाएको स्किम्स आईजीले बताएको छ । किमले १० हजार थान मास्क परोपकारी संस्थाहरुलाई दान पनि गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्