ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतबाट युवा भित्रिने क्रम बढेसँगै दैलेखमा कोरोनाको त्रास बढ्दो

२०७७ जेठ, ४  
कर्णाली प्रदेश
NA
author avatar पंखबहादुर शाही

जेठ ४, दैलेख  । रोजगारीका लागि भारत गएका युवा गाउँ भित्रिने क्रम बढेसँगै दैलेखमा कोरोनाको त्रास बढेको छ । 

दैलेखका १ हजार ४०० भन्दा धेरै युवा भारत लगायतका अन्य मुलुकबाट भित्रिएका छन् । उनीहरु चैत्र ११ देखि वैशाख महीना अन्तिमसम्म गाउँ भित्रिएका हुन् ।  

उनीहरुलाई गाउँपालिकाले सिधै क्वारेन्टाइनमा राखेको जानकारी दिएको छ  । 

उनीहरुलाई क्वारेन्टाइनमा खाना, बस्न र आवश्यक औषधिलगायतका सामग्री सहयोग पुग्ने भएकाले पायक पर्ने गरी पालिकाहरुको समन्वयमा चार ठाउँको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिए । 

लकडाउनको समयमा नै भारतले नेपालको सीमामा ल्याई छोडेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्लामा पुर्‍याउने सरकारले निर्देशन अनुसार उनीहरु गाउँ भित्रिएका हुन् ।

अझै पनि दैलेखका सयौं युवा गाउँ भित्रिने देखिएकाले उच्च सतर्कता अपनाइएको दैलेखका स्थानीयतहरुले बताएका छन्  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्