ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निजी–सार्वजनिक साझेदारीको असफल नमुना : साझा प्रकाशन

२०७७ जेठ, ५  
१० वर्ष अघि
NA

केही राजनीतिक दलहरू खासगरी नेकपा माओवादीले निजी–सार्वजनिक साझेदारीलाई नेपालको आर्थिक उन्नतिको एक अस्त्रका रूपमा प्रचार गरिरहेको छ । त्यही निजी–सार्वजनिक साझेदारीका रूपमा स्थापना भएको नेपालको साझा प्रकाशन भने अस्तित्व बचाउन नसक्ने अवस्थामा पुगेको छ । यसले नेपालमा निजी–सार्वजनिक साझेदारी अवधारणाको उपादेयता र सफलताको सम्भावनामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।

नेपाली भाषा–साहित्यको प्रवद्र्धन तथा पाठ्यपुस्तकलाई मुुलुकका विभिन्न भागमा पु¥याउने उद्देश्यले करिब एक शताब्दी अघि स्थापना भएको साझा प्रकाशन सहकारी संस्था लिमिटेड विगत १०–१२ वर्षदेखि आर्थिक संकटको चपेटामा परेको छ । साझाको प्रमुख आम्दानी जनक शिक्षा सामग्री केन्द्रद्वारा प्रकाशित १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तकको विक्री वितरणबाट प्राप्त हुने कमिसन नै हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साझाका २८ शाखा रहेका छन् जसका माध्यमबाट उसले पाठ्यपुस्तक विक्री वितरण गर्दै आएको छ । धेरै वर्षदेखि जनक शिक्षाका पुस्तक वितरणमा साझाकै एकाधिकार थियो । २०४६ सालमा मुलुकमा बहुदल आएपछि जनक शिक्षाका पाठ्यपुस्तक वितरणको काम किन साझालाई मात्र दिने अन्य वितरकले पनि त्यो काम पाउनुपर्छ भन्ने आवाज उठ्न थाल्यो । यसका अतिरिक्त नेपलको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका कैयौं विदेशी दातृ निकायका पदाधिकारीे पाठ्यपुस्तक वितरणलाई पारदर्शी बनाउन टेन्डरबाट वितरण चयन गरिनुपर्ने दबाव सरकारलाई दिन थाले ।

जनक शिक्षाले साझालाई दिने वितरकको काम क्रमशः कम गर्दै लग्यो । अहिले त साझाले मुलुका दुर्गम भेगमा मात्र वितरण गर्न पाउने अवस्था आएको छ ।                                                                                                                                               

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्