ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्ट्यान्डर्ड चार्टर्डद्वारा सरकारको कोरोना कोषलाई रकम हस्तान्तरण

२०७७ जेठ, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड बैंक (नेपाल)ले संघीय सरकारले स्थापना गरेको कोरोना कोषका लागि रू. १ करोड १६ लाख हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तिदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतवार हस्तान्तरण गरे ।

बैंकको सहयोगले नेपालमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा योगदान पुग्ने सीईओ दास्तिदारले बताए । आगामी दिनमा पनि बैंकले सहयोग गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । बैंकले हस्तान्तरण गरेको उक्त रकम बराबरको चेक ग्रहण गर्दै मन्त्री भट्टले कठीन परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । स्ट्यान्डर्ड चार्टर्ड बैंक (लण्डन)ले यसअघि कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फन्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया [1]
User Image

Ramram

[May 18, 2020 03:00am]

Yo sarkar le katai kharcha gareko dekhinna rakam k ka lagi dine ?


प्रतिक्रिया दिनुहोस्