ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : चालू आवको प्रथम ९ महीनामा ८९ करोडको सिटीस्क्यान उपकरण आयात

(कम्प्युटेड टोमोग्राफिक उपकरण), आयातमा उचार चढाव

२०७७ जेठ, ५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । सिटीस्क्यान उपकरण (कम्प्युटेड टोमोग्राफिक उपकरण) चिकित्सा सामग्रीमा अति महत्त्वपूर्ण उपकरणको रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा सिटीस्क्यान उपकरणको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ ।

सामान्य अवस्थामा त सिटीस्क्यान उपकरणलाई निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण सिटीस्क्यान उपकरणको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ ।

भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ८८ करोड ६६ लाख बराबरका सिटीस्क्यान उपकरण आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. १ अर्ब ७ करोड बराबरका यस्ता वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०१७/१८ मा यी उपकरणको आयात रू. २ अर्ब ११ करोड थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्