ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कलैया अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय उल्टियो

शैक्षिक तालिम केन्द्र गंगापुरमा निर्माण गर्ने निर्णय

२०७७ जेठ, ५  
प्रदेश ०२
Image Not Found
author avatar महेश्वर अधिकारी

जेठ ५, बारा । जिल्ला अस्पताल कलैया अस्पताललाई कोरोना अस्पाताल बनाउने प्रदेश सरकारको निर्णय सच्याइएको छ । कलैया अस्पतालको विकल्प खोज्न राजनीतिक दलदेखि स्थानीय तहले समेत प्रदेश सरकारलाई आग्रह गर्दैै आएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समिति बाराका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको जिल्लास्थित प्रदेश सासंदसहित सरोकारवालाको बैठकले जिल्ला अस्पतालको विकल्पमा शैक्षिक तालिम केन्द्र गंगापुरमा निर्माण गर्ने निर्णय गरेको छ । बैठकले कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको तालिम केन्द्रमा ५० बेडको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय भएको हो । कलैया उपमहानगरपालिका कार्यालयको नेतृत्वमा एक साताभित्रमा अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माण भएपछि कलैया अस्पतालमा उपचार गरिएका विरामीलाई त्यहाँ सारिने भएको छ । अस्पतालमा कोरोना संक्रमित प्रहरी जवानको उपचार भइरहेको छ ।

अस्थायी अस्पतालमा कोरोना संक्रमितको उपचार चलिरहेको अवस्थामा कलैया अस्पतालले नियमित रूपमा दिइरहेको सेवा बारा नर्सिङ्ग होममा सरकारी दररेटमा दिने व्यवस्था मिलाउने निर्णय भएको छ । कोरोना संक्रमित विरामीलाई स्थान्तरण गरेपछि डिस्इन्फेक्सन गरेरपछि पुनः कलैया अस्पतालमा नियमित सेवा दिइने भएको छ । 

कोरोना संक्रमितको उपचार क्षमता ५० बेडको तालिम केन्द्रमा अपुग भएमा कलैयास्थित सिँचाइ कार्यालयको भवनलाई मर्मत गरेर सञ्चालनमा ल्याउने समेत निर्णय भएको छ । त्यसका लागि कलैया उपमहानगरपालिकाले ५० प्रतिशत र संघीय र प्रदेश सांसदको ५० प्रतिशत योगदान गर्ने समेत बैठकले निर्णय गरेको छ । सिँचाइ कार्यालय बन्द भएपछि त्यहाँ नेपाली सेनाको चन्दननाथ गण स्थापना गरिएको थियो । सेनाले गण त्यहाँबाट सारेपछि खण्डहर बनेको कार्यालयलाई मर्मम गर्न ४५ दिन लाग्ने अनूमान गरिएको छ ।

क्वारेन्टाइनको क्षमता दोब्बर बनाइने

बारामा क्वारेन्टाइन क्षमता दोब्बर बनाइने भएको छ । बारामा २८ स्थानमा चार सय ६८ बेड क्वारेन्टाइन बेड, ४८ वटा आइसोलेशन बेड छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्थानीय तहले व्यवस्थापन गर्नेगरी ल्याउने अवस्थामा क्वारेन्टाइनको बेड क्षमता दोब्बर गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । ‘उनीहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने भएकाले परीक्षणको दायरा बढाउनुपर्ने छ,’ प्रजिअ पण्डितले भने, ‘त्यसका लागि एक हजार पाँच सय भिटिएम र पाँच सय थान आरडीटी किट उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने निर्णय भएको छ ।’ स्थानीय तहले व्यवस्थापन गर्ने अवस्थामा मात्र अलपत्र नेपालीलाई जिल्ला भित्र्याउन सकिने प्रजिअ पण्डितले बताए ।

स्वाब संकलनलाई तीव्र पारिने

बैठकले स्वाब संकलन गर्ने टोली बढाउने निर्णय गरेको छ । क्वारेन्टाइनमा रहेका परीक्षण ढिलो भइरहेको अवस्थामा जिल्लामा एउटा मात्र टोली खटिएकाले त्यसलाई बढाउन कलैया अस्पतालमा तालिम लिएका थप तीनजना प्राविधिक मध्ये दुई जनालाई सबै केन्द्रमा खटाई स्थानीय तहमा रहेका ल्याब प्राविधिकलाई तालीम दिने व्यवस्था मिलाउने र स्वाब संकलन तथा परीक्षणका स्थलसम्म पुर्‍याउन दुई वटा गाडी व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्