ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संक्रमितले झुटो विवरण दिंदा ‘ट्रेसिङ’मा समस्या

२०७७ जेठ, ५  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जेठ ५, जनकपुरधाम । धनुषामा कोरोना संक्रमण पूष्टि भएका दुईजनाले झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको छ ।

शनिवार राति कोरोना संक्रमण पुष्टि भएका धनुषाका दुईजनाले ‘ट्राभल हिस्ट्री’को झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको हो ।धनुषाको नगराइन नगरपालिका–९ घोडघासका २० वर्षीय र ६५ वर्षीय दुई पुरुष कोरोना संक्रमित रहेको शनिबार साँझ पूष्टि भएको थियो।

उनीहरु वैशाख ३० देखि नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टिनमा छन् । आफूहरू वैशाख ३० गते चितवनबाट आएको भन्दै उनीहरूले झुटो विवरण दिंदा कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

उनीहरूले सुरुमा ‘साइकल चढेर चितवनबाट घरसम्म पुगेको’ विवरण क्वारेन्टाइन प्रशासनलाई दिएका थिए । तर, ती दुवैजना चितवनबाट नभएर भारतको मुम्बईबाट फर्किएको खुलेको छ ।

‘एकजनाले आफू चितवनको भानुभक्त कलेजमा ओभरसियर पढ्दै गरेको विवरण दिएका छन् । साइकल चढेर त्यहाँबाट घरसम्म आइपुगेको बताएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘तर उनीहरूले झुटो बोलेछन् । क्वारेन्टाइनमा राख्देलान् भनेर झुटो विवरण दिएको उनीहरुले भनेका छन् ।’

पटकपटक केरकार गरेपछि उनीहरू दुवैजना वैशाख ३० गते भारतको मुम्बईबाट गाउँ फर्केको स्वीकार गरेको उनले बताए । ‘

नाकामा कडाइ भएपछि चोरबाटो प्रयोग गरेर उनीहरू सीमा पार गरेका रहेछन्,’ उनले भने, ‘तर गाउँ पुगेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई तत्काल क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।’

क्वारेन्टाइनमा भर्ना भएकै दिन वैशाख ३० गते दुवैजनाको स्वाब संकलन गरिएको थियो । भारतबाट फर्किएपछि उनीहरू केही बेर घरमा बसेको बताइएको छ । मुम्बईमा उनीहरू दुवैजना मजदूरी गर्दै आएका थिए । उनीहरुले भारतबाट आएको सकारेपछि ट्रेसिङ टोलीले कन्ट्याक्ट ट्रेसिङको काम शुरू गरिसकेको बताइएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्