ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जिल्ला अस्पताल क्षेत्र अनिश्चित कालका लागि सिल

२०७७ जेठ, ५  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

जेठ ५, धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ ।

स्वास्थ्यकर्मीलाई नै कारोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका वडा नं. ७ का चार किल्ला तोकेर सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतवार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले बताए । उनले सो क्षेत्रमा अनिश्चित कालका लागि सिल गरिएको र थप संक्रमितहरूको पहिचानका लागि पहल थालिएको जानकारी दिए ।

शनिवार चारजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मीको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो ।

संक्रतिम महिलाको पुनः परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्