ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारले श्रमिकहरुको पारिश्रमिकमा जबर्जस्ती गरे उद्योग बन्द गर्छौं :  अध्यक्ष राणा

२०७७ जेठ, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोरोना भाइरसको विषम परिस्थितिमा सरकारले श्रमिकहरुको पारिश्रमिकमा जबर्जस्ती गरे उद्योग नै बन्द गर्नुपर्ने बाध्यता हुने वताएकी छन् ।

उनले श्रमिकहरुका लागि ५० प्रतिशत पारिश्रमिक दिन सकिने तर अरु दिन नसकिने पनि वताइन् । उनले सरकारले श्रमिकहरुको पारिश्रमिक दिने निर्णयमा पुनर्विचार गर्नुपर्ने वताइन् । साथै उनले सरकारले श्रमिकहरुको राहत प्याकेजका लागि अरु देशले जस्तै गरी ल्याउनु पर्ने वताइन् । । 

नेपाल उद्योग वाणिज्य महासंघले सोमवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले बैंकहरुसँग नाफा कम गरेर भएपनि साना व्यवसाय तथा उद्योगहरुको लागि डुब्नबाट बचाउन सहयोग अनुरोध गरेको वताइन् ।

उनले बैंकरहरुसँग नाफा घटाएर निजी क्षेत्रलाई बचाउन छलफल भइरहेको वताइन् । उनले १३ प्रतिशत भ्याट घटाएर केहि समयमा लागि भएपनि १० प्रतिशतमा झार्नु नितान्त आवश्यक भइसकेको वताइन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्