ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना भाइरस विरुद्धको लडाईमा २ अर्ब डलर दिंदै चीन 

२०७७ जेठ, ५  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ५, पेचिङ (चीन) । कोरोना भाइरस विरुद्धको लडाईमा अन्य देशलाई मद्दत गर्न २ अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता चिनियाँ राष्ट्रपति सि चिनफिङले गरेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महत्वपूर्ण बैठकको उद्घाटन सत्रमा बोल्ने क्रममा सोमवार सिले यस्तो बताएका हुन् । सहयोग आगामी २ वर्ष भित्र उपलब्ध गराइनेछ । 

‘कोभिड–१९ विरुद्धको लडाईलाई सघाउन आगामी २ वर्षभित्र चीनले २ अर्ब डलर उपलब्ध गराउनेछ,’ उनले भने । यो रकम महामारीका कारण आर्थिक र सामाजिक विकास प्रभावित भएका विशेषगरी विकासशिल देशलाई दिइने सिको भनाइ छ । 

कोरोना भाइरस विरोधी खोप बन्यो भने यो विश्वव्यापी सार्वजनिक वस्तु बनाइनेमा सिले जोड दिएका छन् । अहिले विश्वभर कोरोना भाइरस विरोधी खोप बनाउने कार्य भइरहेको छ । खोपको विकास र परीक्षणमा केही चिनियाँ कम्पनीहरु पनि लागि परेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्