ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकी आर्थिक सुस्ती २०२१ को अन्त्यसम्मै रहन्छ

२०७७ जेठ, ५  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रमा सन् २०२१ को अन्त्यसम्म सुस्ती रहने अनुमान गरिएको छ । अमेरिकी टिभी च्यानल सीबीएससँगको अन्तर्वार्तामा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का गभर्नर जेरोम पावेलले यस्तो बताएका हुन् । 

पूर्ण आर्थिक पुनःबर्हाली खोप नपाइएसम्म रहन सक्ने उनको भनाइ छ । महामारीबीच अमेरिकी अर्थतन्त्र २० देखि ३० प्रतिशतसम्म खुम्चिन सक्ने उनले बताएका छन् । 

यद्यपि, अर्थतन्त्रमा पुनःबर्हाली आउनेमा भने उनी विश्वस्त देखिएका छन् । यस हप्ताको शुरुमा भने पावेलले अमेरिकी नीति निर्माताहरुलाई थप आर्थिक स्टिमुलस कार्यक्रम र राहत पारित गर्न भनेका थिए । 

मध्य मार्चयता  ३ करोड ६० लाख भन्दा धेरै अमेरिकीहरुले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । ‘यो निकै पीडादायक र अप्ठ्यारो समय हो, मानिसहरुले भोगिरहेको समस्यालाई शब्दमा वर्णन गर्नै सकिदैंन,’ पावेलले भने । 

अर्थतन्त्रमा पुनःबहाली आउनेछ तर यसको लागि केही समय लाग्ने उनको भनाइ छ । आर्थिक सुस्तस आगामी वर्षको अन्त्यसम्म लम्बिन सक्ने उनले बताए । बेरोजगारी दर पनि २५ प्रतिशतसम्म उक्लिने र कम तलब पाउने विशेषगरी महिलाहरु मन्दीको मारमा बढी परेको समेत उनले बताए । 

यद्यपि, अमेरिकाले लामो समयसम्मको मन्दी टार्न सक्ने बताइएको छ । यो त्रैमासमा अर्थतन्त्र सजिलैसँग २० देखि ३० प्रतिशतसम्म खुम्चिने बताइएको छ । दोस्रो चरणको कोरोना भाइरस संक्रमण टार्न सकियो भने यस वर्षको उत्तराद्र्ध भने क्रमिक रुपमा पुनःबर्हाली आउने उनको भनाइ छ ।

कोरोना भाइरसले थङथिलो भएको अर्थतन्त्रलाई टेवा दिन अमेरिकाले करीब ३० खर्ब डलरको नयाँ स्टिमुलस खर्च पारित गरेको छ । अर्थतन्त्रलार्य टेवा दिन फेडले पनि आक्रमक कदम चालेको छ । 

वित्तीय प्रणालीमा खर्बौ डलर प्रवाह गरेको छ । शुक्रवार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले अतिरिक्त ३० खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । माथिल्लो सदन सिनेटबाट यो प्याकेज पारित हुने नहुने स्पष्ट छैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्