ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फेसनेबल बन्दै मास्क

२०७७ जेठ, ५  
समाचार
Image Not Found

जेठ ५, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अनिवार्य बनेको छ मास्क । यस्तोमा मास्कलाई ट्रेन्डी बनाउन फेसन डिजाइनरहरु लागि परेका छन् ।

निकट भविष्यसम्मै मास्क लगाइरहने सुझाव दिइएसँगै मास्कलाई आफ्नो पहिरचनमा कसरी समायोजन गर्न सकिन्छ भनेर मानिसहरुले विविध तरिका खोजिरहेका छन् । 

अहिले सामान्य मानिसहरु मात्रै होइन फेशन डिजाइनर समेत मास्कतर्फ खिचिएका छन् । यो अनिवार्य फेशन स्टेटमेन्ट बनेको छ । 

मानिसहरुले लुगाको रंगसँग मिलाएर वा लुगाको सेटमै मास्क बनाएर लगाउन थालेका छन् । सुरक्षित भइयोस् र फेशनेबल पनि देखियोस भन्ने सोच भएका मानिसहरु कयौं छन् । 

हाई–प्रोफाइल व्यक्तित्वहरुले पनि मास्कलाई आफ्नो पहिरनसँग मिलाएर लगाउन थालेका छन् । हालै मात्रै अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसी विगत महीनायता आफ्नो पहिरनको रंगअनुसार मिल्ने मास्क लगाइरहेकी छिन् । 

गुलाबी रंगको कोट र प्यान्टसँग म्याच हुने गरी मास्क लगाएको पेलोसीको फोटो सार्वजनिक भएको थियो । स्लाभाकियाकी राष्ट्रपति जुजाना क्यापुटोभाले पहिरनमा मिल्ने रंगको मास्क लगाएको फोटोको अनलाइनमा निकै प्रशंसा भएको थियो । 

यस्तो ट्रेन्ड फैलिएसँगै कयौं फेशन डिजाइनरहरुले म्याचिङ खालका पहिरन ल्याउन थालेका छन् । गिभन्सीले मास्क र क्याप कोम्बो सार्वजनिक गरेको छ । हालै मात्र इटलीकी एक डिजाइनरले बिकिनीसँग मिल्ने खालको फेस मास्क अर्थात् ट्रिकिनी ल्याएको खबरले निकै चर्चा पाएको थियो । 

अमेरिकामा रुम शप भिन्टेजले पनि म्याचिङ मास्क बेच्न थालेको छ । यसले निकै राम्रो प्रतिक्रिया पाएको बताइएको छ । यो ट्रेन्डले केही समय निरन्तरता पाउने अपेक्षा गरिएको छ । कार्यालय र व्यवसायहरु खुल्न थालेसँगै मानिसहरुलाई मास्कको झनै धेरै आवश्यकता पर्छ । 

यो रमाइलो फेशन हुने र मानिसहरुले पहिरनमा कस्तो खालको मास्क लगाउने भन्ने योजना बनाउन थाल्नेछन् । अन्य डिजाइनरहरुले मास्कलाई सम्भव भएसम्म ग्लेमरस बनाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्