ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौबिसे गाउँपालिका पाँच दिनको लागि सिल 

२०७७ जेठ, ५  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

जेठ ५, धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ । 
सदरमुकाममा कोरोना भाइरस देखिएपछि गाउँपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले संक्रमणबाट बच्नको लागि चौबिसे गाउँपालिकालाई सिल गरिएको हो । 

कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै खालका सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

बिरामीबाटै कोरोना भाइरस संक्रमित भएको आशंका
धनकुटामा आइतवार कोरोना भाइरस संक्रमित भएकी युवती विगत तीन महीनादेखि जिल्ला बाहिर नगएकोले बिरामीबाट संक्रमित भएको हुन सक्ने आशंका रहेको छ । 

गत फागुनदेखि आफू कहिँकतै नगएकोले बिरामीबाट आफू संक्रमित रहेको हुन सक्ने कोरोना संक्रमितको भनाइ छ ।

सामान्य लक्षण देखा परेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए । 

उनीसँगै अन्य तीन स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको विश्वकर्माले जानकारी दिए । 

जसमध्ये एक जनाको मात्र रिपोर्ट पोजिटिभ आएको थियो । आइतवार सा“झ कोरोना भाइरस पोजिटिभ भए लगत्तै जिल्ला अस्पतालमा राखिएकी संक्रमित युवतिलाई अस्पतालमा रहेको आइसोलेशन वार्डमा राखिएको छ । 

उनलाई सोमवार बिहान कोरोना अस्पताल विराटनगर लगिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्