ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेठ, ५  
समाचार
Image Not Found

जेठ ५, काठमाडौं । नेपालमा सोमवार थप १८ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, झापा र सुनसरीमा कोरोना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण अनुसार धनुषा निवासी २ जना पुरुष, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख निवासी १ जना पुरुष, सुनसरी र झापा निवासी १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्