ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यवसायमा परेको प्रभावबारे अध्ययन गर्दै सुर्खेत उवासंघ

२०७७ जेठ, ६  
कर्णाली प्रदेश
NA

वीरेनद्रनगर (अस) । सुर्खेत उद्योग वाणिज्य (उवा) संघले लकडाउनका कारण व्यापारव्यवसायमा परेको प्रभावबारे अध्ययन गर्ने भएको छ । संघले वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।

कार्यदलमा वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेत, लक्ष्मण कँडेल र कोषाध्यक्ष भद्र भण्डारी सदस्य छन् । संघले लकडाउनको असर र क्षतिको अवस्था मूल्यांकन गर्न कार्यदल निर्माण गरेको संघका निमित्त निर्देशक गणेशकुमार कार्कीले जानकारी दिए ।

समितिले ७ दिनभित्र उद्योग वाणिज्य क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरी रायसुझाव दिने उनको भनाइ छ । लकडाउनले व्यवसायीलाई समस्या सिर्जना भएको तथा उपभोक्ता समेतलाई समस्या भएकाले प्रशासन, स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी व्यवसायीलाई सहयोग पुर्‍याउन अध्ययन थालिएको संघले बताएको छ ।

सुर्खेत उद्योग संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा निर्वतमान अध्यक्ष प्रकाश अधिकारी, राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका विभिन्न बस्तुगत समितिका सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्