ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५०० जनाको कोरोना परीक्षण गरिँदै

२०७७ जेठ, ६  
प्रदेश ०१
NA

धनकुटा (अस) । धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । अस्पतालमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीको पहिलो चरणमा परीक्षण गरेर दोस्रो चरणमा विगत १५ दिनभित्र स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आएका मानिसको पहिचान गरी परीक्षणको तयारी गरिएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।

जिल्लामा करीब ५०० जनाको कोरोना परीक्षण गरिने भएको छ । लकडाउन भएदेखि कोही पनि बाहिर नगएको र नियमित अस्पतालमा उपचारमा खटिएकोले बिरामीबाटै स्वास्थ्यकर्मीलाई सरेको प्रारम्भिक निष्कर्षमा पुगेको विश्वकर्माको भनाइ छ । पछिल्लो समय धनकुटामा बाहिरबाट धेरै मानिस आएकाले संक्रमित बिरामी को थिए, कहाँबाट आएका थिए भन्ने पत्ता लगाउन निकै मुश्किल भएको छ । यसैबीच धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्