ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्थानीय स्वायत्तताको अपमान

२०७७ जेठ, ६  
१० वर्ष अघि
NA

काठमाडौं महानगरपालिकाका कर्मचारीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कारण नउठेको राजधानीको फोहोर बुधवारदेखि उठाउन थालिएको छ । फोहोरका कारण राजधानी दुर्गन्धित भएको छ भने त्यसबाट उत्पन्न हुन सक्ने रोगव्याधिलगायतका अन्य खाले समस्याले राजधानीवासी त्रसित भएका छन् । स्थानीय निकायका कर्मचारीहरूले जागिर स्थायी गर्नुपर्ने, निजामती सेवासरह सुविधा र ट्रेड युनियन अधिकार दिनुपर्ने र स्थानीय सेवा आयोग गठन हुनुपर्ने लगायतका माग राखेका छन् । उनीहरूले आफ्नो माग पूरा नभएसम्म कुनै पनि काम नगर्ने बताउँदै आफू सम्बद्ध सबै कर्मचारीलाई काम नगर्न चेतावनी दिएका छन् । यसबाट स्थानीय निकायमा दैनिक प्रशासनिक कामका लागि जाने सर्वसाधारणसमेत ठूलो मर्कामा परेका छन् ।

यसपालि पहिलोपटक सुरक्षाकर्मी परिचालन गरी सर्वसाधारणसमेतको सहयोगमा निजी क्षेत्र र समुदायस्तरबाट राजधानीका केही निश्चित स्थानमा जम्मा भएको फोहोर उठाउन सुरु गरिएको छ । वास्तवमा प्रहरीको काम मुलुकमा शान्ति सुरक्षाका कायम गर्नु हो तर उठेको फोहोरलाई ल्यान्डफिल साइटसम्म पु¥याउन उनीहरूको सहयोग अपरिहार्य देखिएको छ । फोहोर उठाउने र त्यसलाई व्यवस्थित ढंगमा ल्यान्डफिल साइटसम्म पु¥याउन प्रयोग गरिने गाडीको चालकलाई आन्दोलनरत समूहले टेलिफोनमार्फत आक्रमण गर्ने धम्की दिएका कारण समस्या थप जटिल बनेको छ । गृह मन्त्रालयले फोहोर उठाउन अवरोध गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

निजी तथा समुदायको पहलमा सहरको फोहोर उठाउन सुरु गरिनुलाई एकप्रकारले स्थानीय निकायका कर्मचारीको आन्दोलनलाई आमजनताले प्रतिकार गरेको अर्थमा समेत बुझ्न सकिन्छ ।

(सम्पादकीयबाट) वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्