ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नीति तथा कार्यक्रममा पुष्प व्यवसाय नसमेटिएकोमा व्यवसायी चिन्तित

२०७७ जेठ, ६  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले हालैमात्र सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषिक्षेत्रका धेरै विषय समेटिए पनि त्यसमा पुष्प व्यवसाय नपरेको भन्दै पुष्प व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । नेपाल फ्लोरी कल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले देशभर ६ अर्बको लगानी रहेको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको बताए ।

‘अहिले लकडाउनका कारण व्यवसाय नै संकटको स्थितिमा रहेका बेला सरकारले व्यवसायीलाई झनै निराश बनाउने काम गरको छ,’ उनले भने । यसै सन्दर्भमा एशोसिएशनले अब अर्थ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आफ्ना समस्या राख्नेबारे व्यवसायीहरूबीचमा छलफल भइरहेको बताएको छ । अहिलेको संकटलाई धान्न नसकेर पुष्प व्यवसायी नै पलायनको स्थितिमा जान सक्ने सम्भावना रहेको श्रेष्ठले औंल्याए ।

आफूहरूको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फार्म बचाउने र कर्मचारी व्यवस्थापन भएको व्यवसायीहरू बताउँछन् । अन्य व्यावसायिक क्षेत्रहरूको पुनरुत्थानका लागि सरकारी निकायबाट विभिन्न प्रयासहरू भइरहेको भए पनि सरकारले पुष्प व्यवसायलाई त्यसमा समेट्न नसकेको उनीहरूको भनाइ छ ।

करीब ४३ जिल्लामा फैलिएको यस व्यवसायमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजारले रोजगारी पाएको बताइएको छ । हाल देशभरको पुष्प व्यवसायमा दैनिक करीब १ करोड १५ लाख रुपैयाँ बराबरको क्षति भइरहेको एशोसिएशनको अनुमान छ । विभिन्न सभासमारोह, विवाह, व्रतबन्ध, भोज लगायत कार्यक्रम तथा पर्यटन क्षेत्रसँग यस व्यवसायको ठूलो हिस्सा जोडिएको छ । अहिले कोरोना कहरका कारण यी सम्पूर्ण क्षेत्र ठप्प हुँदा व्यवसाय झनै संकटमा परेको व्यवसायीले बताएका छन् ।

 

प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 19, 2020 06:56am]

कसलाई के को चिन्ता, कसलाई के को चिन्ता, घरज्वाईंलाई भने हजमोला नपाएर अपच हुने चिन्ता । त्यो ६ अर्बको लगानी र ४० हजारको रोजगारीलाई फाइबरयूक्त तरकारी व्यवसायमा लगाए, तपाईं लगायत तपाईंका छिमेकीहरु समेत स्वस्थ अनि हृष्टपूष्ट हुनेछन् । अनाहकको औषधोपचार खर्च समेत बच्नेछ । ठट्टा गरेको होईन, समयको माँग हो ।


प्रतिक्रिया दिनुहोस्