ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : चालू आवको प्रथम ९ महीनामा रू. ५७ करोडका अल्ट्रासाउण्ड उपकरण आयात

२०७७ जेठ, ६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । अल्ट्रासाउण्ड उपकरण चिकित्सा सामग्रीमा अति महत्त्वपूर्ण उपकरणको रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा अल्ट्रासाउण्ड उपकरणको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ ।

सामान्य अवस्थामा त अल्ट्रासाउण्ड उपकरणलाई निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण अल्ट्रासाउण्ड उपकरणको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ  ।

भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ५६ करोड ८ लाख बराबरका अल्ट्रासाउण्ड उपकरण आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. ५४ करोड ६२ लाख बराबरका यस्ता वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०१७÷१८ मा यी उपकरणको आयात रू. ५७ करोड ४१ लाख रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्