ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नरैनापुर गाउँपालिकामा ५६ जना कोरोना संक्रमित

२०७७ जेठ, ६  
प्रदेश ०५
Image Not Found

जेठ ६, राँझा( बाँके) ।  एक जना संक्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । सोमवार फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै संक्रमित ५६ पुगेका छन् ।

यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा संक्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या सोमवारसम्म ८१ पुगेको छ । 

यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४  र वडा नं ७ मा एक जना गरी २५ जनामा संक्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सोमवार संक्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आइतवार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो । 

श्रेष्ठका अनुसार सोमवार संक्रमण फेला परेका सबै यसअघि भेटिएका आठ संक्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ जना संक्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिवार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट संकलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटीपीसीआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो । 

नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो ।

नरैनापुरबाट संकलित २७४ जना मध्ये अझै केही  स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।

‘पूरै स्वाबको रिपोर्ट आइसकेको होईन, म बाहिर फिल्डमै भएकोले वास्तविक मलाई पनि थाहा भएन’, उनले भने, ‘संक्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ ।’

एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि संक्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आईसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्