ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बारामा निषेधाज्ञा जेठ २० सम्म लम्बियो, उद्योगका लागि कामदार ल्याउन प्रतिबन्ध

२०७७ जेठ, ६  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जेठ ६, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । कोरोना संक्रमणकोे जोखिम बढेपछि मंगलवारदेखि निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको प्रशासन कार्यालयले बताएको छ । यसअघि वैशाख ३१ देखि जेठ ५ सम्मका लागि थपिएको थियो ।  

छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना संक्रमण बढ्दै गएकाले ती जिल्लाबाट बारामा हुने आवागमनमा कडाइ गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 

ती जिल्लाबाट कार्यालय र अन्य प्रयोजनका लागि व्यक्ति र सवारी आवागमनमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।पर्सामा ९८ जनामा कोराना संक्रमण पूष्टि भइसकेको छ । रौतहटका २२ जनामा संक्रमण देखिएको छ । बारामा अहिलेसम्म ५ जनामा संक्रमण भेटिएको छ । 

उद्योग प्रतिष्ठान र ठूला आयोजना सञ्चालनका लागि सतर्कताका मापदण्ड पालना गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ । यस्ता प्रतिष्ठानका लागि पर्सा र रौतहटबाट कामदार ल्याउन नपाइने र प्रतिष्ठानभित्रै आवासीय व्यवस्था मिलाएर सञ्चालन गरिनुपर्ने पण्डितले बताए । 

अत्यावश्यक सेवा र बस्तुको व्यवसाय खुला रहने प्रशासनले बताएको छ । यस्ता सेवा, उत्पादन र औद्योगिक कच्चा पदार्थ (सिमेण्ट, डण्डी, जस्तापाता र कोइला) ढुवानीका लागि सवारी पास आवश्यक नपर्ने प्रशासनको सूचनामा उल्लेख छ । 

सिकिस्त बिरामी र अति जरुरी प्रयोजनबाहेक अन्यलाई सवारी पास जारी नहुने भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्