ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाले  नेपालको अर्थतन्त्रमा गम्भिर असर : प्रधानमन्त्री

२०७७ जेठ, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट अर्थतन्त्रलाई गम्भिररुपमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा सम्बोधन गर्दै उहाँले उत्पादनमा असर परेको, रेमिट्यान्समा प्रभाव पारेको, अर्थतन्त्रलाई नराम्रोसँग गिजोलेको, भन्सारमा राजस्व संकलनमा असर पुर्‍याएको  बताउनुभएको छ ।

आत्मनिर्भर अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने, धेरै देशहरुको उत्पादन वृद्धि ऋणात्मक वृद्धि भएको, जनसंख्याको ठूलो प्रतिशत वेरोजगार भएको, रोजगारीबाट बञ्चित भइरहेको, आम्दानीमा ह्रास आएको उहाँले बताउनुभयो ।

उहाँले बाँच्नका लागि खानपर्ने दैनिक उपभोग्य आवश्यकताहरु जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै हाम्रा दैनिक क्रियाकलाप चलाउन वैकल्पिक स्रोतको पहिचान गर्नु पर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्