ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लिम्पियाधुरा, कालापानी, लिपुलेक  हाम्रो हो, जसरी पनि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री

२०७७ जेठ, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी हाम्रो भूभाग भएकोले फिर्ता ल्याउने बताउनुभएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक फिर्ता लिएर छाड्ने उहाँले  बताउनुभएको छ ।

मंगलवार संविधानसभामा सम्वोधन गर्दै उहाँले हाम्रो भूभाग फिर्ता ल्याइने अठोटका साथ सरकारले काम गर्ने बताउनुभयो । ती भूभाग हाम्रो हो, कूटनीतिक प्रयास गरेर भएपनि जसरी भएपनि फिर्ता ल्याएर छाड्ने उहाँले बताउनुभयो ।

भारतले  ती भूमि विवादास्पद भनेको तर नेपालको लागि त्यो विवादास्पद भूमि नभइ स्वदेशको भूमि रहेको उहाँले बताउनुभयो । 

सविधान संशोधनबाट नेपालको भूभागलाई नेपालको नक्सामा समेटिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्