ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थाई एयरवेजलाई टाट पल्टिनबाट जोगाउंदै सरकार 

२०७७ जेठ, ६  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ६, बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक कम्पनी थाई एयरवेजलाई टाट पल्टिनबाट बचाउने भएको छ । 

घाटामा चलिररहेको कम्पनीले सरकारसँग ५८ अर्ब १० करोड भाट (१ अर्ब ८० करोड डलर) बराबरको वित्तीय उद्धार मागेको थियो । तर अधिकारीहरुले कम्पनी टाट पल्टिने अवस्था टार्न पुनःसंरचनाको योजना ल्याउने भनेपछि कम्पनीले पुनःसंरचनाको प्रस्ताव ल्याएको थियो । 

मंगलवार त्यहाँको मन्त्रीपरिषद्ले सबै आयामहरुको समीक्षा गरेर कम्पनीलाई टाट पल्टिन नदिने र पुनःसंरचना गर्ने निर्णय गरेको मन्त्रीपरिषद्को बैठकपछि प्रधानमन्त्री प्रायूथ चान–ओचाले बताएका छन् । 

कम्पनीसँग करीब ८० थान विमान छ भने यसमा २२ हजार कर्मचारी कार्यरत छन् । पुनःसंरचनाका विकल्पहरुमा कर्मचारी, विमान संख्या र उडान  कटौती आदि छन् । कम्पनीले जुन ३० सम्म अन्तरराष्ट्रिय उडान पनि नगर्ने भएको छ । 

कोरोना भाइरसको महामारीका कारण  यात्रा र पर्यटन क्षेत्रमा संकट उत्पन्न हुनुअघि नै थाई एयरवेज आर्थिक समस्यामा थियो । 

अहिले कम्पनीमा सरकारको स्वामित्व ५१ प्रतिशत छ । प्रस्तावित योजना कार्यान्वयनमा आयो भने कम्पनीमा सरकारको स्वामित्व ५० प्रतिशतभन्दा कम हुनेछ । कम्पनी निजीकरणतर्फ अग्रसर हुनेछ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्