ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यवसायमा व्यापक कटौती गर्दै यूबर 

२०७७ जेठ, ६  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ६, सन फ्रान्सिस्को (अमेरिका) । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी यूबरले व्यवसायमा व्यापक कटौती गर्ने कार्ययोजना ल्याएको छ । 

कोरोना भाइरसको महामारी फैलिन नदिन लागू गरिएको लकडाउनका कारण यात्रा व्यवसाय ठप्प भएको अवस्थामा घाटा चुलिएपछि कम्पनीले यस्तो कदम चालेको हो । कम्पनीले थप ३ हजार कर्मचारी कटौती गर्ने भएको छ । योसँगै हालैका हप्तामा कम्पनीको कार्यबल कटौती एक चौथाइमा आएको छ । 

यूबरले ४० भन्दा बढी कार्यालयहरु बन्द गर्ने वा गाभ्ने निर्णय पनि गरेको छ । कृत्रिम बौद्धिकता ल्याब लगायत एकाईहरु पनि विस्तारै बन्द गरिनेछ । यी उपायहरुले खर्च करीब १ अर्ब डलरले घट्ने अपेक्षा गरिएको छ । 

कम्पनीको भविष्य सुनिश्चित गर्न यी कदमहरु आवश्यक रहेको यूबरका प्रमुख कार्यकारी दारा खोस्रोवशाहीको भनाइ छ । 

कम्पनीलाई वृद्धि, विस्तार र नवप्रवर्तनका लागि नयाँ पूँजी वा लगानीकर्तामाथि भर नपर्ने कम्पनीको रुपमा स्थापना गर्नु पर्ने र यसका लागि पछिल्लो कदम आवश्यक रहेको उनको भनाइ छ । 

महामारी आउनु अघि नै यूबर घाटामै थियो । महामारीका कारण गतिविधि घटेसँगै समस्यामाथि समस्या थपिएको छ । गत महीना यूबरमा यात्राको संख्या ८० प्रतिशतले घटेको छ । फूड डेलिभरी व्यवसाय यूबर इट्समा माग बढेको भएपनि यो पनि घाटामै छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्