ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखको बीउ केन्द्रनै बीउ बिहीन

२०७७ जेठ, ६  
प्रदेश ०५
Image Not Found
असिनापानीले क्षति पुर्‍याएको प्याजको बीउ
author avatar पंखबहादुर शाही

जेठ ६, दैलेख । दुल्लू नगरपालिका–१३ मा रहेको खातिगौडा स्थित हातेमालो तरकारी तथा बीउ प्रवर्द्धन केन्द्रनै बीउ बिहीन बनेको छ । पटक–पटक पसेको असिना–पानीले लगाइएको बीउमा क्षति पुर्‍याए पछि बीउ केन्द्र बीउ बिहीन बनेको हो । 

बीउ केन्द्रमा आवद्ध कृषहरु दुःख खेर गएपछि अहिले निराश बनेका छन् । बिगतका वर्षहरुमा राम्रो उत्पादनसँगै आम्दानी पनि राम्रो हुन्थ्यो, यो वर्ष असिनापानीले क्षति पुर्‍याउँदा आम्दानी गुमेको कृषक रमेश खड्काले बताए । 

आम्दानी नहुँदा अहिले बीउ कृषकहरुलाई खाद्यान्नको अभाव भएको छ । एकातिर कृषकहरलाई असिनाले निराश बनाएको थियो, त्यसैमा लकडाउनले थप समस्या थपेको अर्का कृषक मनसरा विकले बताइन् । 

बीउ केन्द्रमा खातिगौडाका १२० घरधुरीका करीब ३०० जना लाभान्वित छन् । अहिले सबै परिवारहरु आर्थिक समस्यामा छन् । 

१२० रोपनी करीब ४ हेक्टर भन्दा धेरै जमिनमा कृषकहरुले प्याज, चम्सुर, केराउ, र सिमी लगायतको बीउ लगाएको बीउ केन्द्रका प्रमुख विष्णु शाहीले बताए  ।

गत वर्ष बीउ केन्द्रले ३० क्वीन्टल प्याज, ३० क्वीन्टल सिमी, २५ क्वीन्टल चम्सुर र २० क्वीन्टल केराउको बीउ उत्पादन गरी ३२ लाख बराबरको आम्दानी गरेको थियो । बीउ केन्द्रले उत्पादन गरेको बीउ काठमाडौंको एक बीउ केन्द्रमा पठाउने गरेको छ ।

नगरपालिकाले क्षतिको विवरण संकलन गरेको नगरपालिकाले बताएको छ । कृषि शाखा प्रमुख राजन विष्टले क्षतिको विवरण संकलन गरिएको बताए । विवरणका आधारमा राहत स्वरूप बीउ उपलब्ध गराउन पहल गरिने नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले बताए  । 

विगतका वर्षमा मकै, प्याज, गोलभेडा, सिमी बाहेक अरु बीउहरु बाहीरबाट नै आयत गर्नुपर्ने बाध्याता रहेको कृषि विकास कार्यालयले बताएको छ  । तर, यो वर्ष प्याजको बीउ पनि बाहीरबाट ल्याउनुपर्ने अवस्था सिृजना भएको छ ।

पटक–पटक परेको असिना पानीले जिल्लाभरीनै तरकारी, फलफूल र गहुँबालिमा क्षति पुर्‍याएको हुँदा लकडाउन खुकुलो भएपछि जिल्लाका ११ ओटै स्थानीय तहका प्रमुखहरुसँग राहत र क्षतिपूर्तिका लागि संयुक्त रूपमा छलफल गर्ने तयारी गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

कोरोना भाइरसका कारण भारत लगायत अन्य मुलुकबाट गाउँभित्रिए संगै कृषि खेतीमा लाग्नेहरुको संख्या बढेकाले बीउको माग पनि बढेको कार्यालयका प्रमुख पाण्डेले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्