ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आईपीओ सूचिकरण सम्बन्धि नियम कडा पार्दै नास्डाक

२०७७ जेठ, ६  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ६, न्यूयोर्क (अमेरिका) । अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकले प्राथमिक शेयर निस्कासन (आईपीओ)मा कडाई गर्ने भएको छ । यस मामिलाबारे जानकार स्रोतले सोमवार बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले यस्तो समाचार छापेको छ । 

समाचारअनुसार एक्सचेञ्जले आईपीओमा प्रतिबन्धसम्बन्धी नयाँ नियम ल्याउँदैछ । यसले एक्सचेञ्जमा केही चिनियाँ कम्पनीहरुको सूचीकरण गाह्रो हुनेछ । 

चिनियाँ कम्पनीहरुलाई नै लक्षित गरेर यो नियम ल्याइएको भनेर नास्डाकले केही भनेको छैन । तर पछिल्लो परिवर्तन लेखांकन पारदर्शिता नभएका र शक्तिशाली इन्साइडरसँगको निकट सम्बन्ध रहेका चिनियाँ कम्पनीको आईपीओ रोक्ने विश्लेषकहरु बताउँछन् । 

अमेरिका र चीनबीच  व्यापार प्रविधि र कोरोना भाइरसको महामारी फैलिएको विषयमा तनाव बढेकै समयमा नास्डाकले चाल्न थालेको यो कदमले दुई देशबीचको वित्तीय सम्बन्धमा आएको दरार उजागर गरेको छ । 

साना चिनियाँ कम्पनीहरुको आइपीओमा कडाई गर्न गत वर्ष पनि नास्डाकले नयाँ नियमहरु सार्वजनिक गरेको थियो । नयाँ नियमअनुसार चीन लगायत केही देशका कम्पनीहरुले आईपीओमा २ करोड ५० लाख वा सूचिकरण पूर्वको बजार पूँजीकरणको कम्तिमा एक चौथाई उठाउनु पर्ने स्रोतको भनाइ छ । आईपीओको आकारमा नास्डाकले न्यूनतम मूल्य तोकेको यो पहिलो पटक हो । 

यो नियम पहिला नै लागू गरिएको भए अहिले नास्डाकमा सूचीकृत कयौं चिनियाँ कम्पनीको सूचिकरण नै हुने थिएन । सन् २००० यता नास्डाकमा सूचीकृत भएको १५५ चिनियाँ कम्पनी मध्ये ४० ओटाले आईपीओमा २ करोड ५० लाख डलरभन्दा कम उठाएको वित्तीय तथ्यांक प्रदायक कम्पनी रिफिनिटिभको तथ्यांकले देखाएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्