ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्याज मिनाहा गर्न व्यवसायीको माग

२०७७ जेठ, ७  
कर्णाली प्रदेश
NA

वीरेन्द्रनगर (अस) । उद्योग वाणिज्य संघ भेरी, सुर्खेतले लामो समयदेखिको लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै बैंकको ब्याज मिनाह गर्न माग गरेको छ । सोमवार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारको अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुुझाउँदै संघले पूर्णरूपमा ब्याज मिनाहाको माग गरेको हो ।

संघका अध्यक्ष सोमराज ढकालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लकडाउनले पारेको प्रभावबारे विस्तृत अनुसन्धान गरेर राहत, पुनस्र्थापना र सहयोगको प्याकेज ल्याउन माग गरिएको छ । लकडाउनका कारण किस्ता तिर्न नसकेका उद्योगी व्यवसायीलाई उक्त अवधिको किस्ता अन्तिम किस्ताभन्दा पछाडि भुक्तानी गर्ने व्यवस्था मिलाउनुुपर्ने पनि संघको माग छ । यस्तै पुरानो धितो जमानीका आधारमा न्यूूनतम ५० प्रतिशत पुुनःकर्जा दिने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारी अनुदान, राहत, तथा सहयोग दिँदा सबैभन्दा प्रभावित कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जालगायत उद्योगी व्यवसायीको पहिचान गरेर प्राथमिकता दिनुपर्ने संघले बताएको छ । निजी क्षेत्रको सहभागितामा सहयोगको प्याकेज निर्माणका लागि उच्च स्तरीय अधिकारसम्पन्न समिति गठन गर्नुपर्ने, लकडाउनका कारण बन्द उद्योग व्यवसायका श्रमिकहरूको लकडाउन अवधिको ५० प्रतिशत आर्थिक अनुदान सरकारले दिनुपर्ने संघले भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्