ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कमलपोखरी संरक्षणको पहल हुँदै

२०७७ जेठ, ७  
गण्डकी प्रदेश
NA

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–१३ मा अवस्थित कमलपोखरी यतिबेला कमलका बोटले ढाकेको छ । फुल्दै गरेका कमलफूलले तालको नामजस्तै पहिचान दिलाएको छ । तालैतालको शहरका रूपमा रहेको पोखरामा नौ तालमध्येको एक हो कमलपोखरी ।

करीब ३२ रोपनी क्षेत्रफको यसलाई ३५/३६ वर्षअघि बुडुवा तालका रूपमा चिनिन्थ्यो । ढकमक्क फुल्ने कमल, विभिन्न जातका माछा, पानी हाँस, रङ्गीविरङ्गी चराहरू तालको विशेषता हुन् । रामसारमा सूचीकृत यसको बीचमा नागको मूर्ति छ । यहाँ नागपञ्चमीका दिन मेला लाग्छ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूलपात घरमा लगेर राखेमा राम्रो फल हुने जनविश्वास छ । तालको वरिपरि विश्वकर्मा समुदायको बाहुल्य रहेकाले ताल संरक्षणको पहल पनि यसै समुदायबाट भएको देखिन्छ ।

कमलपोखरी संरक्षण समितिका अध्यक्ष चित्रबहादुर विश्वकर्माले तालको अस्तित्व रक्षाका लागि विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताए । २०४८ सालमा आमा समूहमार्फत संरक्षण पहल भएको र २०६४ सालबाट ताल संरक्षण समिति गठन गरेर वरिपरि तारजाली लगाएर आधिकारिक सीमाङ्कनको विषयमा पहल गरिरहेको उनको भनाइ छ ।

उक्त वडाका वडाध्यक्ष दर्शन लामाले ताल संरक्षण र पूर्वाधार विकासका लागि ४० लाखको टेन्डर आह्वान भइसकेको र काम अघि बढेको बताए । तालको प्रवेशद्वार आकर्षक बनाउने, तालसम्मको बाटोलाई व्यवस्थित गर्ने र सबैलाई समावेश गरेर सबैको अपनत्व हुने गरी अघि बढ्ने प्रयास भएको जानकारी उनले दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्