ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महालक्ष्मी विकास बैंकका कर्मचारीको कोरोना बीमा

२०७७ जेठ, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गरेको छ । कोरोना भाइरसको महामारीबाट आउनसक्ने समस्याबाट बच्न बैंकले १ वर्षका लागि कोभिड–१९ बीमा गरेको हो ।

लकडाउनको समयमा पनि आफ्नो सेवा सुचारु राखेको र सो क्रममा कर्मचारीको स्वास्थ्यमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी बैंकले सबै कर्मचारीको बीमा गरेको बताएको छ । बीमा गरेपछि कर्मचारीमा आत्मबल बृद्धि हुने बैंकको विश्वास छ ।

१०२ ओटा शाखा र ३५ ओटा एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकमा ८०० सय भन्दाबढी कर्मचारी कार्यरत छन् । बैंकले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण पालना गर्दै सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्