ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बढ्दो व्यापारघाटा नियन्त्रणका उपायहरू

२०७७ जेठ, ७  
१० वर्ष अघि
NA

रेमिट्यान्स आप्रवाहको वृद्धिदर कम भएकाले वैदेशिक मुद्रा सञ्चितिमा कमी आएको, चालू आर्थिक वर्षको प्रथम चार महिनामा निर्यात आयात अनुपात १ः७ पुग्यो । विदेशी मुद्रा सञ्चिति मुलुकको अत्यावश्यक आयातलाई पनि धेरै लामो समयसम्म धान्न नसक्ने अवस्थातर्फ उन्मुख छ । यतिबेला अर्थमन्त्रीदेखि अर्थसचिवसम्म नेपाल राष्ट्र बैंकका गभर्नरदेखि वाणिज्य सचिवसम्म सबैको प्रमुख चिन्ताको मूल विषय विकट व्यापार असन्तुलनलाई कसरी न्यून गर्ने भन्ने भएको छ । वाणिज्य सन्धिमा राम्रा धाराहरू राख्दैमा, नेपाल अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य बन्दैमा तथा विभिन्न देशले दिने भन्सार छुटका सूचीहरू लामालामा बनाउँदैमा र आर्थिक उदारीकरणका विश्वव्यापी मान्यताका आकर्षक शब्दावलीहरू नीतिमा उल्लेख गर्दैमा निर्यात प्रवद्र्धन हुन सक्दैन भन्ने यसपालिको आर्थिक अवस्थाले प्रमाणित पनि गरिदिएको छ ।

तसर्थ, अर्थतन्त्रको विकासका लागि चाहिने स्वाभाविक मागहरूलाई त्यागेर अस्वाभाविक मान्यताहरूका आधारमा निर्यात प्रवर्द्धन गर्न खोज्ने ढिपीले गर्दा परिस्थिति थप जटिलतार्फ उन्मुख भएको छ । सन् १९९०÷९१ मा मुलुकले आर्थिक उदारीकरणका नीति लिएपछिको दुई दशकमा हाम्रो व्यापारघाटा १५ अर्ब रुपैयाँबाट बढेर २२२ अर्ब पुगेको छ भने निर्यात आयात अनुपात पनि २४ः७६ को अवस्थाबाट अझ खराब भएर १९ः८१ को हाराहारीमा पुगेको छ । यसलाई कम गर्न उचित रणनीति अपनाएर त्यसलाई कार्यान्वयन गर्न इमानदार संयन्त्र भएन भने आशा, कामना, सोच र सम्बन्धित नीतिमा रहेको शब्दहरू मात्र निर्यात प्रवर्द्धन हुन सक्दैन । तथ्यांकहरूले हामीले सन् १९९० मा अपनाएको आर्थिक उदारीकरणको नीतिलाई व्यवहारमा उतार्न हाम्रो सीप, क्षमता र कौशल नभएको प्रष्ट पार्छन् ।

(कृष्णराज बजगाईको आलेखबाट)
वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्