ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनका बीच विराटनगरमा १७ बैंकको सेवा निरन्तर

२०७७ जेठ, ७  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

विराटनगर । सोमवार विराटनगरमा कोरोना संक्रमित दुईजना फेला परेपछि लकडाउन कडा पारिए पनि १७ ओटा बैंकका शाखाले साविकको तालिका अनुसार नै सेवा दिए । लकडाउन शुरू भएपछि १०–११ देखि १ बजेसम्म र कुनैले २ बजेसम्म सञ्चालनको तालिका बनाएर शाखा खोल्दै आएको नेपाल बंगलादेश बैंकका प्रदेश १ प्रमुख हरिप्रसाद कोराइलाले जानकारी दिए ।

उनका अनुसार विराटनगरमा भएका ४० बैंकका शाखाले आलोपालो गरेर बिदाको दिन बाहेक खोल्ने र सेवाग्राहीलाई नगद, चेक र अत्यावश्यक वस्तु आयात गर्न एलसी समेत खोल्ने सुविधा दिँदै आएका छन् । लकडाउनको शुरूको चरणमा नगद मौज्दातमा कमी आउन सक्ने भएकाले केही बैंकहरूले नगद भुक्तानीमा सीमितताको नीति लिए पनि पछि रकम अभाव नहुने देखेपछि ग्राहकको चाहना बमोजिम नै भुक्तानी गरिरहेको जानकारी कोइरालाले दिए ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सामाजिक दूरी कायम गरेर नै बैंकहरूले सेवाग्राहीलाई सेवा दिइरहेका छन् । सबै बैंकहरूका एटीएमहरू समेत सञ्चालनमा छन् । नया“ ऋण प्रवाह गर्न नसकिए पनि पुराना ऋणीहरूलाई भने मूल्यांकनका आधारमा ऋण समेत प्रवाह गरिरहेको उनले बताए ।

ग्लोबल आईएमई बैंकका विराटनगर प्रमुख सुवास सापकोटाले विराटनगरमा रहेका आफ्ना बैंकका तीन शाखा एकैपटक नखोली दुई दुई दिनको फरकमा खोल्ने गरिएको जानकारी दिए । जोखिम रहेकाले सेवाग्राहीको भीड पनि पहिलेभन्दा निकै कम रहेको उनले बताए । अहिलेसम्म बैंकबाट नगद कारोबार नै बढी हुने गरे पनि आपूmहरूले डिजिटल बैंकिङका लागि सेवाग्राहीलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।

सिद्धार्थ बैंकका तीन शाखा दैनिक रूपमा दुई दुई दिन बिराएर खुलिरहेका छन् । तर मुख्य बजारमा रहेको शाखा भने दैनिक बिहान ११ देखि १ बजेसम्म खुलिरहेको छ । त्यसैगरी कञ्चनबारी र महेन्द्रचोकका शाखा भने दुई दिन बिराएर खुल्ने गरेका छन् । रकम जम्मा गर्ने र भुक्तानी लिने ग्राहक नै बढी रहेको बैंकका विराटनगर प्रमुख कमल बस्नेतले जानकारी दिए । पहिले खुलेका एलसीहरूको डकुमेन्ट दिने र अत्यावश्यक वस्तुको एलसी खोल्ने काम समेत भइरहेको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्