ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रू. २५ करोड लागतमा ‘रिभरसाइड बिच’ निर्माण शुरू

२०७७ जेठ, ७  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनको नारायणी नदी किनारमा रू. २५ करोड लागतमा ‘रिभर साइड बिच’ निर्माण कार्य शुरू गरिएको छ । भरतपुर महानगरपालिका र उद्योग बाणिज्य संघ चितवनको साझेदारीमा निर्माण हुन लागेको ‘रिभर साइड बिच’ को काम सोमवारदेखि शुरू गरिएको हो ।

महानगरको ८० प्रतिशत र उद्योग वाणिज्य संघ, चितवनको २० प्रतिशत लगानी साझेदारीमा १ किलोमीटर बिच निर्माण शुरू भएको हो । विश्व पर्यटनको अभ्यासअनुसार पर्यटन प्रवर्द्धनका लागि करीब रू. २५ करोड रूपैयाँको लागतमा बिच निर्माण गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

चितवन महोत्सव गरिने स्थल हुँदै करीब १ किलोमीटरको लम्बाइमा बिच निर्माण हुने श्रेष्ठले बताए । निर्माण कार्यको पहिलो चरणमा ७५० मीटरको फुट ट्रायल निर्माण गरिने श्रेष्ठले बताए । बिचमा पार्क, सेड, विश्राम स्थल, बगैँचा, हात्ती र गैंडाको मूर्ति, शौचालय, चमेना गृहलगायत संरचना निर्माण हुने बताईएको छ ।

भेज खाजा पाइने क्याफे, मेसिनबाट बनाइने पानीपुरी, आइसक्रिमलगायतका पसलहरू पनि रहने उनले बताए । आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गरी सबै प्रकारका मनोरञ्जनात्मक खेलहरू समेत राखिने छ । नारायणी नदीको मनोरञ्जनलाई दृष्टिगत गरी बोटिङ पनि सञ्चालन गरिने छ ।

‘रिभर साइड बिच’ निर्माण भइसकेपछि सोही स्थानमा महोत्सव सञ्चालन हुने र त्यसबाट आएको आम्दानी नदी किनारको बृहत्तर विकास र क्याम्पा चौरमा निर्माण गरिने मिनी स्टेडियममा खर्च गरिने उद्योग वाणिज्य संघ चितवनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्