ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड– १९ ले बीमाक्षेत्रमा पार्ने प्रभाव

बीमाको भविष्य कस्तो होला ?

२०७७ जेठ, ७  
लेख | दृष्टिकोण
NA
author avatar गंगाराम कँडेल

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव पर्न सक्ने देखिन्छ । बीमाक्षेत्र पनि यसको असरबाट अछुतो रहन सक्दैन । बीमाक्षेत्रमा सुधार र विकासमा उन्मुख हुनका लागि धेरै चुनौती छन् । बीमाको कारोबारले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ दशमलव ५ को हाराहारीमा योगदान पुर्‍याएको छ ।

प्रतिमहीना ३ खर्ब रुपैयाँ वा प्रतिदिन १० अर्ब रुपैयाँको दरले देशलाई नोक्सानी भइरहेछ । फलस्वरूप अनुमानित आर्थिक वृद्धिदर ऋणात्मकतिर जाने निश्चित नै छ । बीमाक्षेत्रमा कोभिड–१९ ले आर्थिक रूपमा कस्तो प्रभाव पार्न सक्छ ?

धेरै ग्राहकको जागीर गुमेको छ, व्यापार बन्द हुने अवस्थामा छ वा घाटामा चलेको छ । यो अवस्थामा प्रिमियम भुक्तानीमा कठिनाइ हुन सक्छ । कयौंै ग्राहकले सरेन्डर भुक्तानी लिएर बीमाबाट छुट्कारा लिने अवस्था आउन सक्छ ।

ग्राहक, वित्तीय र व्यापार
बीमा कम्पनीहरूलाई व्यापार, आम्दानी र आफ्ना ग्राहकलाई सुरक्षित रूपमा कायम राख्न यो कोरोना महामारीमा धेरै कठिन र चुनौतीपूर्ण छ । धेरै ग्राहकको जागीर गुमेको छ, व्यापार बन्द हुने अवस्थामा छ वा घाटामा चलेको छ । यो अवस्थामा प्रिमियम भुक्तानीमा कठिनाइ हुन सक्छ । कयौं ग्राहकले सरेन्डर भुक्तानी लिएर बीमाबाट छुट्कारा लिने अवस्था आउन सक्छ । यस अवस्थामा कम्पनीले प्रिमियममा केही सहुलियत वा छूट र राहतस्वरूप प्याकेज दिन सक्नुपर्छ । पूँजी बजारमा मन्दी आएसँगै बजारको तरलता हुने र लगानीका सेक्टरबाट आउने ब्याजदरको गिरावटबाट कम्पनीको आम्दानीमा धेरै असर पर्न सक्छ । कोभिड–१९ को प्रतिकूल असरले मनोरञ्जन, निर्माण व्यवसायमा हुने न्यूनीकरणले बीमा लेखको संख्यामा उलेख्य कमी आउनेछ र प्रिमियम रकममा तीव्र गिरावट हुनेछ । अन्ततः कम्पनीको आम्दानीमा असर पर्नेछ ।

बुझाइ, ब्रान्ड र रणनीतिक असर
महामारीले ग्राहकको बुझाइमा परिवर्तन आउन सक्छ र महीनौंसम्म कार चलाउन नसक्ने अवस्थामा ग्राहकलाई बीमा शुल्क तिर्न अनिच्छुक हुन सक्ने अवस्था आउँछ । चाहिएका बेला सेवा पुर्‍याउन सकिएन भने ग्राहकले सोसियल मिडियाबाट गुनासा पोख्न सक्छन् । कम्पनीको ब्रान्डको साख गुम्न सक्छ । शाखा व्यवस्थापन अरू चुस्त र सशक्त बनाउन आवश्यक देख्यौं र यसका लागि हामी भविष्यमा तयार छौं त ?

परिचालन, लचकता र सेवा वितरणमा प्रभाव
महामारीको प्रकोप बढ्दै जाँदा आपत्कालीन अवस्थाको सृजना पनि हुन सक्छ । यस अवस्थामा व्यापारको विद्यमान परिचालन विधि र वितरण प्रणालीमा बाधा आइपर्न सक्छ र यसलाई आवश्यकताअनुसार परिवर्तन गर्न सक्नुपर्छ । दाबी भुक्तानी गर्दा विद्युतीय भुक्तानी प्रणालीलाई अरू बढावा दिनुपर्छ । मानव श्रमको कार्यप्रणालीको सट्टा प्रविधियुक्त कार्यप्रणाली स्थापना गर्नुपर्छ ।

शासन, जोखिम र नियन्त्रण
महामारीसँग जुध्न बीमा कम्पनीहरू लगातार रूपमा नियामक निकायको सम्पर्कमा रहनु वाञ्छनीय हुन्छ । नियमन निकायबाट महामारीसम्बन्धी निर्देशन र सूचनाहरू प्राप्त गरिरहन आवश्यक हुन्छ ।

जीवन बीमामा प्रभाव
कोरोनाका कारण जनताको क्रय क्षमता र क्रय इच्छामा ह्रास भएको हुन्छ । ग्राहकहरूलाई चालू बीमाङ्क भुक्तान गर्न कठिनाइ हुन्छ । बीमाप्रदायक निकायले आप्mनो खाइपाई आएको आम्दानीमा लोभ गर्नु हुँदैन । आम्दानी कटाएर भए पनि नियमित ग्राहकको सजिलोका लागि केही छूट, राहत र सहुलियत दिनुपर्छ ।

जीवन बीमाक्षेत्रको मुख्य आय यसको जगेडा पूँजीको शेयर लगानी, निक्षेप लगानीको ब्याज र लाभांशबाट हुने हो । कोभिड–१९ का कारण भित्रिएको आर्थिक मन्दीले बैंकिङ क्षेत्रमा ब्याजदरमा भारी कटौती गर्नुपर्ने स्थिति आउँछ । त्यस्तै शेयरबजारमा पूरै तरलता आई भारी गिरावट आउँछ । यसरी बीमा कम्पनीले आप्mनो लगानीबाट पाउने ब्याज, लाभांश र प्रतिफल घटेपछि जीवन बीमाको वार्षिक आम्दानीमा पनि व्यापक गिरावट आउन सक्छ ।

नेपालमा कोरोनाको संक्रमण तीव्र गतिले वृद्धि भइरहेको छ । यस अवस्थामा जीवन बीमा गर्ने बीमकले आफ्नो नियमित अनुमानित जीवन बीमा दाबीभन्दा अप्रत्याशित दाबी बढ्नेछ, धेरै रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी खर्च बढ्ने हुँदा आम्दानीमा नकारात्मक प्रभाव पर्छ ।

कोरोनाका कारण स्वचालित र प्रविधियुक्त लगानी बढ्नेछ । नयाँ डिजिटल प्रविधि र सप्mटवेयरको वृद्धि हुने सम्भावना छ । कोभिड–१९ को संक्रमण जारी रहे कम्पनीहरू एकआपसमा गाभिने र अधिग्रहण हुने सम्भावना छ ।

निर्जीवन बीमामा प्रभाव
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीमा निर्जीव बीमामा केही प्रोडक्डलाई अप्रत्याशित असर पारेको देखिन्छ । कोभिड–१९ को प्रकोपको जोखिम हवाई यात्रामा अधिक छ । यात्रा बीमाको मूल्यमा अप्रत्याशित वृद्धि गर्नुपर्दा ग्राहकलाई धेरै मर्का परेको देखिन्छ । त्यस्तै घर, मोटर, निर्माण र उत्पादन सम्बन्धी प्रोडक्टहरूको बीमांकमा धेरै असर नपरेको देखिन्छ । कोभिड– १९ को बन्दाबन्दीको प्रभावले मोटर इन्स्योरेन्सका दाबी संख्याहरू ह्वात्तै घटेको अवस्था छ । मोटरको प्रयोग महीनौंसम्म नगरेको अवस्थामा पनि प्रिमियम तिर्न पर्दा असहज महसूस भएको पाइन्छ । यस्तो स्थितिमा ग्राहक खुशी पार्न बीमकहरूले केही छूट र सहुलियत प्रदान गर्न वाञ्छनीय देखिन्छ । महामारीले व्यापार, उत्पादनमूलक उद्योगमा नराम्रोसँग नोक्सान पुर्‍याएको छ । यस क्षेत्रका उद्यमीले नोक्सानको जोखिम वहन गराउन बीमा दाबी गर्न लागेको भए तापनि बीमा कम्पनीले यस किसिमको जोखिम वहन गर्न अस्वीकार गरेको देखिन्छ ।

कोरोनाको प्रकोप लामो समय रह्यो भने देशमा आर्थिक मन्दीको चापले थिच्छ । त्यस अवस्थामा नागरिकको क्रयशक्ति घट्छ । यस्तो अवस्थामा कार र विलासिताका साधनको विक्रीमा गिरावट हुन्छ र नयाँ बीमालेख दर्तामा ह्रास आई आम्दानीमा गिरावट आउन सक्छ । हालको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूलाई आम्दानीको हकमा प्रत्यक्ष असर पार्छ भनेर अनुमान लगाउन अलि छिटो नै हुन्छ ।

अरू केही समय कोभिड–१९ को निदान हुन सकेन भने सबै प्रकारका बीमा कम्पनीहरूले आर्थिक रूपले ठूलो चुनौतीको सामना गर्नुपर्ने छ । देशको अर्थतन्त्रमा हुने ठूलो गिरावट र बैंकिङ क्षेत्रको तरलतासँगै ब्याजदरमा हुने गिरावट नै बीमाक्षेत्रका लागि प्रत्युपादक तŒव हुनेछन् । सबै ग्राहक र मध्यस्थकर्ता (अभिकर्ता)हरू बीच सहजीकरणका लागि अनिवार्य रूपमा डिजिटल प्रणाली र विद्युतीय सेवा अपरिहार्य बन्नेछ । बीमित (ग्राहक) वर्गमा परेको कठिनाइ र आर्थिक भारका कारण उनीहरूले ग्रहण गरेको बीमा प्रोडक्टसँग सम्बद्ध समस्या र उपायमा नयाँ ढंग र तरीकाले व्यवहार गर्नुपर्ने वातावरण बन्न सक्छ । कम्पनीहरूको परिचालन विधि (ओपरेशनल मेथोड) र कार्यदक्षता (वर्क फोर्स) को बनावट परिवर्तन हुन सक्छ । कर्मचारीहरू डिजिटल संसारसँग दक्ष हुन बाध्यात्मक अवस्था र ग्राहकवर्गलाई दूरसेवा प्रणाली व्यवहारमा ल्याउन सकिन्छ । व्यक्ति व्यक्तिको भेटघाट र क्रियाकलाप न्यून हुने गरी कार्यप्रणाली बनाउनुपर्ने देखिन्छ । कोरोनाका कारण स्वचालित र प्रविधियुक्त लगानी बढ्नेछ । नयाँ डिजिटल प्रविधि र सफ्टवेयरको वृद्धि हुने सम्भावना छ । कोभिड–१९ को संक्रमण जारी रहे कम्पनीहरू एकआपसमा गाभिने र अधिग्रहण हुने सम्भावना छ ।

लेखक राष्ट्रिय बीमा संस्थानका अध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्