ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खेत बाँझो छाड्नेलाई प्रतिकट्ठा एक हजार जरिवाना 

२०७७ जेठ, ७  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

जेठ ७, चितवन । यहाँको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।  माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रू. १ हजार जरिवाना गर्ने बताएको छ । 

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने बताएको छ । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताए । 

कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ । माछापालनका पकेट क्षेत्रका रूपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रू.४  करोड अनुदानको व्यवस्थासमेत गरेको उनले जानकारी दिए । 


नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भने, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ ।’ साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उनले जग्गा बाँझो रहे कारवाही हुने बताए ।

उनका अनुसारनगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौं जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो । 

कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसंख्या रहेको छ । रासस
 

प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 20, 2020 03:55am]

माडी नगरपालिकाको यो नमूना कार्यको सिको अरु पालिकाहरुले पनि गर्नु आवश्यक छ । शाहरहरुमा प्लटिङ्ग गरेर बारी बाँझो राख्नु पनि सामाजिक अपराध हो, यो क्षेत्रलाई समेत समेटेर अर्थतन्त्रमा सहयोग जुटाउने काम गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्