ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनलाई सदुपयोग गर्दै प्यूठानमा सडक कालोपत्र

२०७७ जेठ, ७  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

जेठ ७, प्यूठान  ।  लकडाउनको मौका छोपी यस जिल्लामा सडक कालोपत्र काम गर्ने कार्य भने निरन्तर भइरहेको छ ।लकडाउनको समयमा मौका छोपी प्यूठानको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी जोड्ने भिंग्री– स्वगद्धारी सडक खण्डको काम धमाधम भइरहेको छ । 

प्यूठानमा नेपाल सरकारले ५ ओटा ठूला आयोजना सञ्चालन गर्न अनुमति दिएपनि प्यूठान जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्धारी जोड्ने भिंग्री– स्वर्गद्धारी सडक कालोपत्रको काम भइरहेको सडक डिभिजन प्रमुख बिनोदप्रसाद सापकोटाले बताए । 

‘लकडाउनका समयमा सरकारको परिपत्र अनुसार विकास निर्माणका काम सञ्चालन गर्ने काम भइरहेको छ’, उनले भने । उनका अनुसार कालोपत्रको काममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कालोपत्रको काम जारी राखिएको छ ।
 
नेपाल सरकारको निणर्य अनुसार कामदारहरुबीच सामाजिक दुरी कायम गर्ने, कार्यस्थलमा खाने बस्ने व्यवस्था, सेनिटाइजर लगायतको व्यवस्था गरी काम भइरहेको निर्माण कम्पनी वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रालिले बताएको छ ।

अहिले उक्त सडकखण्डको १४ किलोमिटर क्षेत्रमा कालोपत्र भइरहेको इञ्जिनीयर अरुण खत्रीको भनाइ छ ।प्रदेश नं ५ सरकारबाट बिनियोजन गरिएको रू.२५ करोड ५० लाखको लागतमा सडक कालोपत्रको काम भइरहेको हो । 

उनका अनुसार हालसम्म पुर्वाधारको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ । कालोपत्रको काम विसं २०७७ असोजसम्म सक्ने गरी कामलाई तिब्रता दिएको इञ्जिनीयर खत्रीले बताए । उक्त सडकको कालोपत्र सम्पन्न भएपछि स्वर्गद्धारी आउजाउ गर्न भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्