ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

२०७७ जेठ, ७  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

जेठ ७, दैलेख । दैलेखका कोरोना संक्रमतिलाई ढिलो गरी आइसोलेसनमा राखिएको छ  । कोरोना भाइरस संक्रमति पुष्टि भएको करीब ३८ घण्टापछि मात्र उनलाई आईसोलेसनमा राखिएका हो  । सोमवार विहान ३ बजे आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती युवामा कोरोना संक्रमण भएको प्रदेश अस्पताल कालागाउँमा पीसिआर जाँच मार्फत पत्ता लागेको थियो । तर, कुन व्यक्तिलाई कोरोना संक्रमण भएको भन्ने यकिन गर्न नसकिएकाले उनी मंगलवार बेलुकासम्म ३९ जनासँगै क्वारेन्टाइनमै बसेका थिए  । 

कोरोना पोजेटिभ देखिएसँगै प्रदेश अस्पतालले  नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको ल्यावमा पुनः परीक्षणका लागि नोजनल स्वाब पठाएको थियो । सोमवार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा दश बजे कोरोना पोजेटिभ भएको पुष्टि गरेको भए पनि उनलाई मंगलवार बेलुका साढे पाँच बजेतिर मात्रै दैलेख सदरमुकाम लगिएको वडा अध्यक्ष पर्वसिंह विकले जानकारी दिए । 

वडा अध्यक्ष विकले संक्रमित व्यक्ति को हुन् भन्ने बारेमा कसैलाई पनि जानकारी नदिईएकाले संक्रमित छुट्याउन ढिलो भएको बताए । मंगलवार बेलुका साढे पाँच बजे उनलाई स्वास्थ्य सेवा कार्यालयको टोलीले लियर सदरमुकाम नजिकै रहेको सरस्वती मावि तरताङको आईसोलेसन वार्डमा राखिएको छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्