ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्व बैंकद्वारा विकासशील मुलुकका लागि राहत प्याकेज घोषणा

२०७७ जेठ, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ७, काठमाडौं । विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) को प्रभावलाई लक्षित गर्दै मंगलवार अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कोरोनाको प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकका लागि आर्थिक प्याकेज घोषणा गरेको हो । 

बैंकले  विकासशील देशहरूलाई आगामी १५ महीनाभित्र १ खर्ब ६० अर्ब अमेरिकी डलर अनुदान र आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

१०० ओटा विकासशील मुलुक उक्त प्याकेजबाट लाभान्वित हुने छन् । बैंकले उक्त रमक अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा दिने भनेको छ । तर यसमा नेपाल भने समावेश छैन ।
साथै विश्व बैंकले महामारीका कारण विश्वका थप ६ करोड मानिसहरू चरम गरिबीमा धकेलिने बताएको छ ।

गत मार्चदेखि परिचालन गर्न थालिएको उक्त सहयोगबाट सेनेगल,घाना, हैटी, अफगानिस्तान जस्ता विकासशील देशहरूलाई गरीब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग पुर्‍याउने उसले बताएको छ ।

यो सहयोग  विश्व बैंक  समूहको इतिहासको सबैभन्दा ठूलो सहायता प्याकेज हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्