ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

२०७७ जेठ, ७  
समाचार
Image Not Found

जेठ ७, काठमाडौं । नेपालमा बुधवार २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पूष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका (५ का २७ वर्षीय पुरुषमा संक्रमण पष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पूष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पूष्टि भएको छ । उनी सुस्ता गाउँपालिका (५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्