ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनमा पारिश्रमिक नदिने उद्योगको सूची बनाउँदै सरकार

२०७७ जेठ, ७  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जेठ ७, वीरगञ्ज । निजीक्षेत्रले कामदार कर्मचारीलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिनु परे उद्योग बन्द गर्ने बताइराख्दा सरकारले पारिश्रमिक भुक्तानी नगर्ने उद्योगको सूची तयार गरिरहेको छ । अर्थ मन्त्रालयले तलब भुक्तानी नगर्ने उद्योगको विवरण मागेको हो । 

अर्थ मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत उद्योगहरूसित वैशाख महीनासम्मको यस्तो विवरण मागेको छ । 

मन्त्रालयले बैशाखसम्मको तलब भुक्तानी नगरेका उद्योगको विस्तृत विवरण पठाउन विभागलाई आग्रह गरेको हो । मन्त्रालयले यस सम्बन्धमा निर्णयसहित आग्रह गरेपछि विभागले आफ्ना क्षेत्रीय कार्यालयमार्फत यस्तो विवरण संकलन गरिरहेको छ । 

बारा, पर्सा र रौतहटका उद्योग प्रतिष्ठानलाई वैशाखसम्मको पारिश्रमिक दिए/ नदिएको विवरण पठाउन श्रम तथा रोजगार कार्यालय पर्साले पत्र काटेको छ । यी जिल्लाका उद्योगलाई ३ दिनभित्र विस्तृत जानकारी पठाउन पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले बताए ।

तीन दिने म्याद बुधवार सकिएको छ । निजीक्षेत्र लकडाउन अवधिमा ५० प्रतिशतमात्र तलव दिने अडानमा छ । सरकारले दोस्रो चरणको राहत प्याकेजमा लकडाउन अवधिको पारिश्रमिकमध्ये तत्काल ५० प्रतिशित र लकडाउनपछि बाँकी ५० प्रतिशत भुक्तानी दिनुपर्ने बताएको छ ।

चैत ११ देखि लडकडाउन जारी छ । कतिपय उद्योगले चैत महीनाकै पारिश्रमिक दिएका छैनन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्