ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया

२०७७ जेठ, ७  
समाचार
Image Not Found

जेठ ७, काठमाडौं । भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले बुधवार दिउँसो उनीहरुलाई काठमाडौंबाट फिर्ता लगेको हो । 

यो चार्टर उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर उडान गरी स्वदेश फर्काएको हो । 

एयर इण्डियाको चार्टर उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए । यो अवधिमा ३५ भन्दा बढी चार्टर उडान भएका छन् । 

सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ । सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान गर्ने सबै अन्तरराष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो । 

यो अवधिमा दैनिकजसो अन्तरराष्ट्रिय उडान भइरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधवारसम्म उद्धार र कार्गो उडान गरी ७१ ओटा अन्तरराष्ट्रिय उडान भएका छन् । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्