ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निजीकरणपछि पनि समस्याग्रस्त भक्तपुर इँटा कारखाना

२०७७ जेठ, ८  
१० वर्ष अघि
NA

कम्पनी ऐनअनुसार २०३१ सालमा दर्ता भएर २०३५ सालदेखि नियमित रूपमा इँटा उत्पादन गर्दै आएको भक्तपुर इँटा कारखाना नेपालमा गुणस्तरीय चाइनिज इँटा र टायलको उत्पादनको लक्ष्यसहित स्थापना भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित यो कारखाना सरकारको स्वामित्वमा सञ्चालित हुँदै आएकोमा ६ वर्षअघि निजीकरण भएको छ । निजीकरणपछि पनि यस कारखानाद्वारा उत्पादित इँटा तथा टायलको गुणस्तरमा कुनै कमी नअएको दाबी वर्तमान व्यवस्थापनको छ । तर, आवश्यकताभन्दा बढी कर्मचारी संख्या रहेकाले अपेक्षित नाफा आर्जन गर्न सकेको छैन ।

कुल २५० रोपनी क्षेत्रफलमा रहेको यो उद्योगमा निजीकरणपश्चात् पनि विभिन्न समस्या देखापरेका छन् । दश वर्षलाई मात्रै सरकारले उद्योग भाडामा दिएको छ । ६ वर्ष बितिसक्यो । अब चार वर्षमात्रै बाँकी रहेको अवस्थामा सरकारले उद्योगलाई अझ समय थप्छ कि थप्दैन भन्ने अन्योल कायम छ । उद्योगलाई अहिले माटोको समस्या पर्न थालेको छ । २५ वर्षको लागि माटोका कुनै समस्या छैन भनिए पनि स्थानीय किसानहरूले जग्गालाई घडेरीका रूपमा विकास गरेर जग्गा टुक्रा पार्दै बेच्ने प्रवृत्ति बढेकाले यो समस्या आइपरेको हो  । घरजग्गा कारोबारमा आएको व्यापक वृद्धिले यो उद्योगलाई नराम्ररी प्रभाव पारेको छ । किसानहरूको अवरोधका कारण पनि उद्योगलाई माटोको समस्या पर्न थालेको छ ।  

 वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्