ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पत्रकारिता अध्ययन छात्रवृत्तिका लागि सम्झौता

२०७७ जेठ, ८  
बजार
NA

वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम ल्याएको छ । छात्रवृत्ति प्रदान गर्न कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार ५ जना विद्यार्थीलाई कर्णलीले जनही रू. १ लाखका दरले छात्रवृत्ति प्रदान गर्ने भएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको थियो । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आर्थिक समस्या र विपन्नताका कारण विद्यार्थीको पत्रकारिता अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले ‘स्नातकोत्तर पत्रकारिता छात्रवृति कार्यक्रम’  ल्याएको मन्त्री भण्डारीले वताए । विश्वविद्यालयले आवश्यक मापदण्ड बनाएर यसको न्यायोचित वितरण र पारदर्शितामा ध्यान दिने उनको विश्वास छ । उपकुलपति प्राडा. नन्दबहादुर सिंहले आवश्यक मापदण्ड बनाएर विपन्न र प्रतिभावान विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्