ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सप्तकोशी डेभलपमेन्ट बैंकले गर्‍यो कर्मचारीको कोरोना बीमा

२०७७ जेठ, ८  
बजार
NA

काठमाडौं (अस) । सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको छ । लकडाउनको समयमा पनि बैंकिङ सेवा सुचारु राखेको बैंकले कर्मचारीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी बीमा गरेको बताएको छ । बैंकमा कार्यरत १८६ जना कर्मचारीको बीमा गरिएको बैंकले जानकारी दिएको छ । सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न बैंकले न्यूनतम उपायहरू अवलम्बन गरी सेवा प्रवाह गर्दै आएको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्