ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वस्तिक लघुवित्तका सबै कर्मचारीको कोरोना बीमा

२०७७ जेठ, ८  
बजार
NA

काठमाडौं (अस) । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आप्mना सबै कर्मचारीको कोरोना बीमा गरेको छ । बढ्दो कोरोना संक्रमणको जोखिममा पनि काम गरिरहेका कर्मचारीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी उक्त बीमा गरेको कम्पनीले बताएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत प्रत्येक कर्मचारीको रू. १ लाख बराबरको सामूहिक बीमा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले बताए । स्वस्तिक र एभरेष्टबीच भएको सम्झौताअनुसार बिमित कर्मचारीको पीसीआर प्रविधिमार्फत कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आउनेवित्तिकै बिमितले आफ्नो बीमा दाबी गर्नसक्नेछन् भने कम्पनीले सोहीअनुसार रकम उपलब्ध गराउनुपर्नेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्