ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेजनले गर्‍यो आफ्ना सदस्यको कोरोना बीमा

२०७७ जेठ, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थासँग आवद्ध आर्थिक पत्रकारहरूको कोरोना बीमा गरेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)मार्फत सेजनमा आवद्ध सदस्यहरूको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरूको रू. ५० हजार बराबरको बीमांक रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरूलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुने बताएको छ ।

युनाईटेड इन्स्योरेन्सले लकडाउन (बन्दाबन्दी)को अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ । कम्पनीले मोटर बीमा, अग्नी बीमा, इन्जिनीयरिङ बीमा, कृषि तथा पशुपंक्षी बीमालगायत बीमालेखहरू जारी गर्दै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्