ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेश अर्थ तथा विकास समिति : पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज ल्याउन सुझाव

२०७७ जेठ, ८  
गण्डकी प्रदेश
NA

कास्की (अस) । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई पर्यटन क्षेत्रको समस्याप्रति गम्भीर बन्दै विशेष राहत प्याकेज घोषणा गर्न सुझाव दिएको छ । समितिले पर्यटन क्षेत्र उकास्न आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत विशेष राहतको व्यवस्था गर्न उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललाई सुझाएको हो ।

समितिका सभापति दीपक कोइरालाले कोभिड १९ को कारण पर्यटन क्षेत्र बढी प्रभावित भएको भन्दै सरकारले पर्यटनलाई पुनर्जीवन दिन विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने बताए । प्रदेश सरकारले आफ्नो आन्तरिक आम्दानी बढाउन करको दायरा बढाउनुपर्ने, अन्तिम चौमासिकमा मात्र खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने, कृषि र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नुपर्ने लगायत सुझाव समितिले दिएको छ । यस्तै प्रदेशभित्र दर्ता गरेर कर संकलन हुनेगरी क्रसर उद्योग सञ्चालन गर्न समेत भनिएको छ ।

मन्त्री लम्सालले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्रै १० खर्बभन्दा बढी लगानी रहेको भन्दै कोरोनाको कारण प्रदेशको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए । गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको बजेट चालू आर्थिक वर्षको भन्दा ५० करोड कम गरेर ल्याउने तयारी भएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘पर्यटन क्षेत्रको पूर्वाधार निर्माण र विशेष राहत घोषणा गर्नुपर्ने अवस्थामा बजेट झन् घटेर आउन लागेको छ,’ उनले भने, ‘कोरोनाका कारण धराशयी भएको पर्यटनलाई उकास्न गतवर्षको भन्दा ठूलो आकारको बजेट आवश्यक छ ।’

मन्त्री लम्सालले तत्कालै बाह्य पर्यटक आउने अवस्था नरहे पनि आन्तरिक पर्यटनलाई कोभिड १९ पछि चलायमान बनाउनेगरी योजना ल्याइने बताए । गण्डकी प्रदेशले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी उनले दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्