ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : रू. ७५ करोडको क्याथेटर कान्युला आयात

२०७७ जेठ, ८  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । क्याथेटर कान्युला चिकित्सा सामग्रीमा अति महŒवपूर्ण उपकरणको रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा क्याथेटर कान्युलाको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ । सामान्य अवस्थामा त क्याथेटर कान्युलाको उपलब्धता निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता रहेको छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण क्याथेटर कान्युलाको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ । भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ५८ करोड १६ लाख बराबरका क्याथेटर कान्युला आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. ७४ करोड ७६ लाख बराबरका यस्ता वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०१७/१८ मा यी उपकरणको आयात रू. ६१ करोड २५ लाख रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्