ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

२०७७ जेठ, ८  
समाचार
NA
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । नेपालमा बिहीवार १७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । बिहीवार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले बताएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिका– ३, ६ र ८ मा १५ जनामा कोरोना भाइरस संक्रमण पूष्टि भएको छ । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन्  ।

यसैगरी धनकुटा जिल्ला घर भएका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका वस्ने ५१ वर्षीया महिलामा पनि कोराना पूष्टि भएको 
 प्रवक्ता अधिकारीले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा नयाँ संक्रमण पूष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्